म ज्ञानी भइसकें, अब केपीसँग मिल्दैनः प्रचण्ड
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन्। सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्याउने बताए।
उनले भने, ‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन्। तर, म केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु। ज्ञानी भइसकेपछि फेरि त्यही गल्ती दोहोर्याउँदिनँ। मैले भन्ने गरेको छु, यो देशमा प्रतिगमन र संविधान मिच्नेहरुसँग लडाइँको आवश्यकता भएसम्म गठबन्धन कायम रहन्छ।’
उनले गठबन्धनको पक्षमा ढुक्क भएर मतदान गर्न आह्वानसमेत गरे।