सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ वर्षमा नदी कटान नियन्त्रण गर्छु, नसके भोट माग्न आउन्नः रमेश लेखक

२०७९ कार्तिक १४, ०२:२५ खबर संवाददाता

महेन्द्रनगरः पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली पारीको दोधारा चादँनी नगरपालिकामा जोगबुढा नदीको कटान नियन्त्रण गर्ने बताएकाछन्। उनले अब आफूले पाँच वर्षमा कटान नियन्त्रण गर्न नसके अर्को पटक भोट माग्न नै नआउने बताएका हुन्। 

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका लेखकले आइतबार एक चुनावी कार्यक्रममा यस्तो बताएका हुन्। 

आगामी पाँच वर्षभित्र स्थानीय जोगबुढा नदीबाट बस्ती जोखिममा पर्न नदिने उनको दाबी छ। “हामीलाई जिताएर पठाउनुहोस, यहाँको नदी कटानको समस्या हल गर्न सकिएन भने अर्को भोट भोट माग्नै आउँदैन”, लेखकले भने। यस्तै आगामी दिनहरुमा सडक तथा पुलहरु पनि निर्माण गर्ने उनको भनाइ छ। 


 

कमेन्ट लोड गर्नुस