सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवा १७ गते डडेल्धुरा जाँदै, ३ दिन बसेर फर्कने 

२०७९ कार्तिक १४, ०२:५० खबर संवाददाता

धनगढीः प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १७ कात्तिकमा गृहजिल्ला डडेल्धुरा जाने भएका छन्। डडेल्धुरामा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका देउवा चुनावी कार्यक्रमका लागि डडेल्धुरा जाने भएका हुन्। 

१७ गतेदेखि सुरु हुने चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए। उनकाअनुसार यहाँको चारदिने कार्यक्रम सकेर देउवा फेरि काठमाडौं फर्किने र निर्वाचनको केही दिन अगाडि पुनः जिल्ला फर्किने छन्।

यसअघि देउवाले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए। 

कमेन्ट लोड गर्नुस