सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रको र्‍याप गीत, ‘भोट फर प्रचण्ड’

२०७९ कार्तिक १६, ०४:५० खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रले युवापुस्तालाई लक्षित गर्दै र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ। गीतमा जगत तिरुवाको संगीत र स्वर रहेको छ भने केशव बडुले एरेन्ज गरेका छन्।

प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको छ। गीत रिलिज माओवादी केन्द्रको आधिकारिक युट्युब च्यानलबाट गरिएको हो। ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै गीत सार्वजनिक गरिएको छ। राजनीतिक संगीतमा पनि नयाँ पुस्तालाई लक्षित गर्दै अलग जनराको अभ्यास हुन थालेको र सोहीअनुसार र्‍याप गीत ल्याइएको माओवादी केन्द्रले जनाएको छ।

कमेन्ट लोड गर्नुस