सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा जान तम्तयार भएर बसेका छौंः अध्यक्ष लामिछाने

२०७९ कार्तिक १७, ११:३२ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन्। आज चुनावका ‘बाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्।

उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए। आफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए। यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए।

उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबीसमेत गरे।

कमेन्ट लोड गर्नुस