जसपाको घोषणापत्रमा अटाएन टीकापुर घटना
धनगढीः जनता समाजवादी पार्टीको घोषणापत्रमा टीकापुर घटना समेटिएको छैन। यसअघि जसपाले टीकापुर घटनालाई राजनीतिकरण गर्नुपर्ने माग गर्दै आइरहेको थियो। यस्तै संविधान संशोधन, संघीय संरचना पुनर्गठन पनि जसपाका प्रमुख मुद्दा बन्दै आएका थिए।
तर, शनिबार जारी भएको जसपाको घोषणापत्रमा संविधान संशोधन र पहिचानसहितको संघीयतालाई प्रमुख एजेण्डा बनाइएको छ। पार्टीले आफ्नो घोषणापत्रमार्फत संविधान संशोधनको माग अघि सारेको छ।
जसपा कैलालीका नेताहरुले भने सुरुदेखि नै टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाइनुपर्ने माग अघि सार्दै आइरहेका छन्। तर, घोषणापत्रमा उल्लेख भने गरिएको छैन।