सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबको ५ वर्षभित्र भारतदेखि चीनको सिमानासम्म जोड्ने सडक निर्माण गर्छौः आले

२०७९ कार्तिक २१, १२:४८ खबर संवाददाता

डोटीः पूर्वमन्त्री तथा डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले अब पाँच वर्षको कार्यकालमा उत्तर–दक्षिण जोड्ने सडक निर्माण गर्ने बताएका छन्। डोटीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आलेले धनगढी–खुटिया–दीपायल–सायल–बझाङ चैनपुर–उरैसडक कालोपत्रे सडक निमार्ण गरी उत्तर–दक्षिण सडक निमार्ण गर्ने बताएका हुन्। 

२०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका आलेले आफूले जिते भारतसँग सिमाना जोडिएको कैलालीको धनगढी–खुटिया डोटीको दीपायल–सायल हुँदै बझाङ चैनपुर–उरै चीनको सिमानासम्म सडक निमार्ण गर्ने प्रतिबद्धता जनाए। 

आलेले भने, ‘अब हामीले भारत र चीनलाई जोडेर व्यापार तथा पर्यटन क्षेत्रको विकास गर्नुछ, आर्थिक रूपमा उदयमान दुई मुलुकसँग सडक सम्पर्क जोडेर हाम्रो क्षेत्र र देशकै आर्थिक उन्नति गर्न आवश्यक छ। त्यसैले अबको पाँच वर्षमा म उत्तर–दक्षिण सडक जोड्छु डोटेली जनतासँग मेरो प्रतिबद्धता हो।’

कमेन्ट लोड गर्नुस