झापामा गएको राजनीतिक भुइचालोले कतिको टाउको दुखेको छः ओली
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा राजनीतिक भुइचालो गएको बताएका छन्। झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले डोटीमा जमिनको र झापामा राजनीति भूकम्प भएको बताए।
आफूले कांग्रेस, माओवादी, नेकपा एसका नेता कार्यकर्ता भित्र्याएपछि कति नेताहरु टाउको हात लगाएर बस्न बाध्य भएको बताए। उनले डोटीमा गएको भूकम्पपीडितको व्यवस्थापन र पुनिर्माणमा लाग्न सरकारको ध्यानकर्षण समेत गरे। उनले आफूले टिकट वितरण गर्दा नयाँलाई अवसर दिएकोे बताए। देश बनाउने पार्टी एमाले भएकाले सबैलाई आउन आग्रह गरे।