सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब बन्ने एमाले सरकारले बृद्धभत्ता ५ हजार बनाउँछः ईश्वर पोखरेल

२०७९ कार्तिक २३, ०४:३७ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अब चुनावपछि बन्ने एमालेको सरकारले बृद्धभत्ता पाँच हजार पुर्याउने बताएका छन्। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरुले बृद्धाभत्ता सुरुवात गरेको उनले बताए।

काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले बृद्ध–बृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए। ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको उनले दाबी गरे। 

कमेन्ट लोड गर्नुस