सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा धमलाले गराए लफडा, युवाहरुबीच झडप

२०७९ मंसिर १, ०१:०५ खबर संवाददाता

धनगढी: ऋषि धमलाले चलाउँदै आएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी भएका युवाहरुबीच हात हालाहाल भएको छ। बिहीबार डडेल्धुरा सदरमुकाममा भएको चुनावी टेलिभिजन कार्यक्रम खिच्ने क्रममा युवाहरुबीच माइक खोसाखोस र हात हालाहाल भएको हो।

स्वतन्त्र उम्मेदवार सागर ढकालसहित दलका ठूला उम्मेदवार पनि सहभागी भएको सो कार्यक्रममा उम्मेदवारलाई प्रश्न सोधिरहँदा सबैको पालो नआएको भन्दै युवाहरुले होहल्ला गरेका थिए। सोही क्रममा केही युवाले माइक पनि फालिदिए। त्यसपछि धकेलाधकेल हुँदै हात हालाहालसम्मको अवस्था पुगेपछि प्रहरीले हस्तक्षेप पनि गर्नुपरेको थियो। 

कमेन्ट लोड गर्नुस