निर्वाचन आयोग नजिकै क्रान्तिकारी माओवादीको प्रदर्शन, केही पक्राउ
२०७९ मंसिर ३, १२:४०
काठमाडौंः नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी भएका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।
कमेन्ट लोड गर्नुस