सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोस्ट डिलिट गर्नुस भनेर अनेक धम्की आएः सागर ढकाल 

२०७९ मंसिर ३, ०७:४२ खबर संवाददाता

धनगढी: डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सागर ढकालले मौन अवधीमा फेसबुकमा एक पोष्ट गर्दै गठबन्धनले सकिने बेला दुःख दिने बताएका छन्। उनले आफूलाई गरेका पोष्ट डिलिट गर्न पनि अनेक धम्की आएको बताएका छन्। 

उनले केही समय अगाडि फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘मलाई पोस्ट डिलिट गर्नुस भनेर अनेक धम्की दिँदा संयमित भएर बसे।

तर आज म चुप लागे भनेर यसबाट पनि अघि बढेर उहाँहरु हाम्रो टिम र समर्थकहरुमाथी रातारात मिटिंग गरेर तिमिहरुलाई हामी चाहिन्छ कि सागर भनेर दबाब सिर्जना गर्ने, समर्थकको पोस्ट डिलिट गर भन्ने गरि धम्की दिने काम हाम्रो प्रतिस्प्रधीबाट आएको छ।’ 

उनले अगाडि लेखेका छन्।, ‘सबैले निर्वाचनको अन्तिम समयमा धाँधली नगरी संयमित भइदिनुहुन अनुरोध गदछौँ। हामीले पैसाको घाँटी पनि सक्ने गरि रोक्ने प्रयास गरिरहेका छौँ। बत्ती निभ्ने बेलामा धपक्क ठुलो गरि बोल्छ, त्यस्तै यो गठबन्धनले अन्तिम समयमा सिद्धिनु अघि अलि दुःख दिन सक्छ। साथिहरु सचेत रहनुहोला, निडर रहनुहोला। सबैलाई यो भोलिको निर्वाचन निष्पक्ष र मर्यादित बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

 

कमेन्ट लोड गर्नुस