सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैनः पुष्पकमल दाहाल

२०७९ मंसिर ४, ०७:५६ खबर संवाददाता

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन्।

चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन। जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ।’

प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन्। यसअघि चितवन ३ बाटै निर्वाचित भइका उनी यसपटक भने गोरखा २ मा उम्मेदवार छन्।

कमेन्ट लोड गर्नुस