सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला घर भएका राप्रपाका सिंह मकवानपुर १ मा विजयी

२०७९ मंसिर ८, ०२:०२ खबर संवाददाता

मकवानपुरः मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन्। उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन्।

सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन्। कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन्। सिंहको पुर्ख्यौली घर सुदूरपश्चिमको दार्चुलाको मार्मा हो। 

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे। राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो। २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए।

कमेन्ट लोड गर्नुस