सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधवलाई भेटेर रामचन्द्रले भने, ‘मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुस्’

२०७९ मंसिर १२, ०१:१० खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सोमबार बिहान पौडेल नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। 

भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री  बनाउन नेपाललाई आग्रह गरेका छन्। स्रोतले भन्यो, ‘पौडेलज्यूले गठबन्धनभित्रबाट प्रधानमन्त्री बनाउनुपर्छ। देउवा धेरै पटक प्रधानमन्त्री भइसक्नुभयो। यसपटक प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस्। गठबन्धनभित्र लविङ गरेर मलाई प्रधानमन्त्री बन्ने वातावरण बनाउनुपर्‍यो भनेर माधब नेपालसँग आग्रह गर्नुभयो।’ नेपालले पौडेललाई सत्ता समिकरण र आगामी रणनीतिको विषयमा तपाईं हामी गठबन्धनभित्रै भएकाले शीर्ष तहमा छलफल गरेर टुंग्याउनुपर्ने बताएका छन्।

सत्ता गठबन्धनभित्रका शीर्ष नेताहरुले आन्तरिक छलफल तीव्र पारेका छन्। सोमबार बिहान बालुवाटार पुगेर सत्ता समिकरणबारे प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत छलफल गरेका छन्।

कमेन्ट लोड गर्नुस