सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतले भेटे, दिए बधाई

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर १७, ०१:५८ खबर संवाददाता

काठमाडौंः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएका छन्। शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको तथा आफूले पनि चुनाव जितेको भन्दै राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएका हुन्।

भेटमा द्विपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा पनि छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ। राजदूत श्रीवास्तवले यसअघि मंसिर १० गते प्रधानमन्त्री देउवालाई भेटेका थिए। मतगणना जारी रहेकै बेला उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि आलोचना भएको थियो। 

कमेन्ट लोड गर्नुस