जनताका आकांक्षा असीमित हुन्छन्, सबै पूरा गर्छु भन्नु हुँदैनः नेपाल
काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिन नहुने बताएका छन्। भक्तपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसदहरुलाई शनिबार बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई आश्वासन दिँदा ठाउँ राख्न आग्रह गरेका हुन्।
‘अब आश्वासन दिँदा पनि गाह्रो हुँदो रहेछ। हाम्रो बानी के छ भने धेरै आश्वासन दिने‚ धेरै कुराहरू गर्ने तर त्यहाँ ठाउँ राख्नुपर्ने रहेछ।’ अध्यक्ष नेपालले भने‚‘म सक्दो कोसिस गर्छु भनेर भन्नुपर्दो रहेछ‚ किनभने मान्छेले सबै कुरा पूरा गर्न सक्दैन। जनताको आकांक्षा असीमित हुन्छन्। सबै पूरा गर्न सकिँदैन। गर्नेपर्ने कुराहरूका लागि सक्दो प्रयास गर्नुपर्छ।’