सुदूर नेपाललाई विश्वसँग जोड्दै

समानुपातिक उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने

२०७९ मंसिर २६, ०७:२२ खबर संवाददाता

काठमाडौं: समानुपातिक उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने भएको छ। समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको सूची सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा उपलब्ध गराइएको छ।

समानुपातिक उम्मेदवारको नाममा त्रुटि भए सच्याएर पुनः विवरण पठाउन समय दिइएको आयोगको समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत दलले बुझाएको समानुपातिक उम्मेदवारको विवरणमा सच्याउनुपर्ने अवस्था भने हाल देखिएको छैन्।

केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउन पत्राचार गरिएको छ। सच्याएको विवरण आएपछि आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र प्रदान गर्नेछ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेस गरिसकेका छन्।
 

कमेन्ट लोड गर्नुस