सुदूर नेपाललाई विश्वसँग जोड्दै

समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक हुँदै

२०७९ मंसिर २७, ०८:४१ खबर संवाददाता

काठमाडौं: समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक हुने भएको छ। राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको निर्वाचन आयोगले सोमबार छानबिन गरेको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीलाई समावेशी सांसदहरूको नामावली सच्याएर पठाउन आयोगले आइतबार पत्राचार गरेपछि ती दलहरूले सोमबार नामावली सच्याएर बुझाएको हो।
 

कमेन्ट लोड गर्नुस