सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाल शपथ लिन संसदमा, फेरि अस्पताल जाने

२०७९ पुष ७, ०१:५६ खबर संवाददाता

काठमाडौंः एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आइपुगेका छन्। तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किने छन्।

उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्नेछन्। छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुगेका थिए।

कमेन्ट लोड गर्नुस