माओवादीको संसदीय दलका नेता प्रचण्ड चयन
काठमाडौं: नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले अध्यक्षसमेत रहेका प्रचण्डलाई सर्वसम्मत् संसदीय दलको नेतामा चयन गरेको हो।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको थियो। त्यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन्। तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा जानकारी दिए। सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ।