सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैले समाचार पढेर चित्त बुझाएँः महामन्त्री गगनकुमार थापा

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ पुष १०, ०६:०३ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताएका छन्। उनले पोखराको लिटरेचर फेस्टिबलमा बोल्दै आफूलाई संसदीय दलको चुनावमा पराजित भएपनि आजको समाचारले चित्त बुझेको बताए।

‘म आज पोखरा आइसकेपछि समाचार पढेर चित्त बुझाएँ’, उनले भने, ‘मै अब दलको नेता भएको भए खुमलटारबाट बालकोट आओ भन्दै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुभन्दा कम्तीमा ढुक्कले पठाए । यो काठमाडौंको मान्छेले चित्त बुझाउने काइदा हो। यसरी पनि चित्त बुझाउनपर्छ कहिलेकाहीँ।’

आज नाटकीय ढंगले तत्कालीन सत्तारुढ गठबन्धनबीचको तालमेल टुटेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ७ दलको समर्थनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्।

कमेन्ट लोड गर्नुस