प्रचण्डले भोलि ४ बजे प्रधानमन्त्रीको सपथ लिने
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्। सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन्।
शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले नेपाल प्रेसलाई जानकारी दिएको छ। प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ।
माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका छन्।