सुदूर नेपाललाई विश्वसँग जोड्दै

सबैभन्दा बढी गोल गर्‍यौं, ट्रफी चाहिँ अर्कैले लग्योः शर्मा

२०७९ पुष ११, १२:२९ खबर संवाददाता

काठमाडौंः कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन्।

पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा बोल्दै थापाले गएको विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो। गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो। तर के भयो भने एम्बापेले सबैभन्दा बढी गोल हानेर गोल्डेन बुट जित्यो, तर कप चाहिँ अर्कैले लग्यो।’

आफूहरू एम्बापे भएर पोखरा आइपुगेको शर्माले बताए। अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने दाबी पनि शर्माको छ।

उनले थप भने, ‘अहिले भएको कुरालाई अहिले नै बुझिँदैन। अलि समयपछि बुझिन्छ। जेजस्तो प्रकारको मिश्रण भएर सरकार बन्दै छ, यसलाई शुभकामना दिँदै गर्दा बडो संयमता, परिपक्ता र गहिरो विश्लेषणपूर्वक हामी अबको यात्रा तय गर्दैछौं।’

कमेन्ट लोड गर्नुस