प्राकृतिक प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्राकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री भएपछि गृह मन्त्रालयमा बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए।
गृहमन्त्री लामिछाने कै अध्यक्षतामा बसेको बैठकमा आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन पनि निर्देशन दिएको सचिव सिंहले बताए।