सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अध्यक्ष ओली प्रचण्ड निवासमा

२०७९ पुष १३, १२:४० खबर संवाददाता

काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन्। ओली २ वर्षपछि प्रचण्डको निवास खुमलटार पुगेका हुन्।

प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली एक्लै खुमलटार पुगेका छन्। उनीहरुको बिचमा छलफल सुरु भएको छ। आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गरेका थिए। 

नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्ने दिन दिउँसो ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो ।
 

कमेन्ट लोड गर्नुस