सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट चयन

२०७९ पुष १७, ११:३४ खबर संवाददाता

धनगढीः माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित प्रदेश सभा सदस्य भट्ट संसदीय दलको नेतामा चयन भएका हुन्। 

माओवादी केन्द्रका सुदूरपश्चिम इन्जार्ज तथा स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई प्रदेश सभामा संसदीय दलको नेतामा चयन गरिएको माओवादी केन्द्रले जनाएको छ।

धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भट्टलाई सर्वसम्मत चयन गरेको हो।

कमेन्ट लोड गर्नुस