सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री लामिछानेले बोलाए सीडीओ र सुरक्षा प्रमुखको भर्चुअल बैठक

फाइल फोटो
फाइल फोटो
२०७९ पुष १८, ०८:०९ खबर संवाददाता

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाएका छन्। लामिछानेले सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन्। बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ।
 

कमेन्ट लोड गर्नुस