प्रेम र मायाले लिए सांसदको शपथ
२०७९ पुष १९, ०१:२३
काठमाडौंः प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन्।
राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए।
कमेन्ट लोड गर्नुस