सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मुख्यमन्त्री माग्न माओवादीका नेता बालुवाटरमा

। फोटो स्रोत ।
२०७९ पुष २१, ०२:२६

धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्रीको मागसहित माओवादी केन्द्रका नेता काठमाण्डौँ पुगेका छन्। उनीहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दालह (प्रचण्ड)लाई भेटेका हुन्। 

बिहीवार (आज) माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर सत्तागठबन्धनको बैठकमा सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने गरी अडान लिन आग्रह गरेका छन्। 

प्रचण्डलाई भेट्न माओवादी सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इञ्चिार्ज खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल) र पार्टीको प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ बालुवाटार पुगेका हुन्। तर प्रचण्डले भने अहिले नै कसको भागमा सुदूरपश्चिम पर्ने भन्नेबारे बताउन नसकिने उनीहरुलाई बताएका छन्। 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा माओवादी दोहोरीने दाउमा छ। सुदूरपश्चिममा माओवादीका संसदीय दलको नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने दाउमा पार्टी लागेको हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि माओवादीका नेता हुन्। उनी पूर्ण कार्यकाल सुदूरपश्मुचिमकाे मुख्यमन्त्री भएका छन्। 

प्रदेशमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्य छन्। राप्रपा एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यसमेत सुदूरपश्चिम प्रदेश सभामा छन्। नेपाली काँग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन्। तर काँग्रेस सत्ता समिकरणबाट बाहिरीएको छ। सुदूरपश्चिममा माओवादी केन्द्र, एमाले र नागरिक उन्मुक्ति पार्टीको मुख्यमन्त्रीमा दाबी छ। 

कमेन्ट लोड गर्नुस