'जप्रेल संगठनको कुनै पनि जिम्मेवारीमा छैनन्'
धनगढीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले बिनोद जप्रेल संगठनको कुनै जिम्मेवारीमा नरहेको जनाएको छ। शनिवार एक विज्ञप्ति निकालेर क्रान्तिकारीले जप्रेललाई कारबाही गरेको जनाएको हो।
इन्चार्ज महेश पातलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जप्रेललाई आर्थिक अनियमितता, सांगठनिक अराजकता र पार्टी तथा संगठनको गोपनीयता उल्लंघन गरेको भन्दै सबै जिम्मेवारीबाट मुक्त गरेर निलम्बन गरिएको स्पष्ट पारिएको छ।
अखिल क्रान्तिकारीले पार्टी तथा संगठनको नाम नबेच्न जप्रेललाई चेतावनी दिएको छ।