एमाले परित्याग गरेका भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै
काठमाडौं: नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका घनश्याम भूसाल समाजवादीमा आबद्ध हुन लागेका छन्। स्रोतहरूले बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताएका छन्।
मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक–पटक छलफल गर्दै आएका थिए।