सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्ता साझेदार दलबीच आज बैठक बस्दै

२०७९ पुष २८, ०६:०९ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन्। सो बारेमा सत्ता साझेदार दलहरुसँगको छलफलमा तिव्रता दिएका छन्। सो विषयमा आन्तरिक छलफल गर्न आज बिहीबार पनि सत्ता साझेदार दलको बैठक बस्दैछ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको थियो। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने जानकारी दिए। 

कमेन्ट लोड गर्नुस