सभामुख चयनमा भएको ढिलाइले मुख्यमन्त्रीको सपथ ग्रहणमा असर
धनगढीः सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा भइरहेको ढिलाईका कारण मुख्यमन्त्रीको सपथ ग्रहणमै असर परेको छ।
मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिने समय पछि धकेलिएको हो। आज दिउँसो ४ बजे बुधबार मुख्यमन्त्रीमा नियुक्त राजेन्द्रसिंह रावलले सपथ ग्रहण गर्ने समय निर्धारण गरिएको थियो।
मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम ६ बजे मात्र हुने बताइएको छ। संविधानको धारा १६८ को उपधारा(२) अनुसार रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।