सुदूर नेपाल संस्कृति सेवा समाजद्वारा बिरामीलाई दूध वितरण
धनगढीः सुदूर नेपाल संस्कृति सेवा समाजले माघे संक्रान्तिको अवसरमा बिरामीहरूलाई दूध र बिस्कुट वितरण गरेको छ।
आइतबार समाजले सेती प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूलाई दूध वितरण गरेको हो।
समाजले सेती प्रादेशिक अस्पतालमा उपचाररत एक सय १० बिरामीलाई दूध तथा बिस्कुट वितरण गरेको समाजका अध्यक्ष हेम अधिकारीले बताए।
समाजले स्थापनाकालदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताए।