सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

फाइल फोटो
फाइल फोटो
२०७९ माघ ४, ०७:५७ खबर संवाददाता

 काठमाडौं: प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ता हुँदै छ। दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ।  तर, अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरुले उमेदवार तय गर्न सकेका छैनन्।

प्रधनमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा एमालेले समेत सभामुखको उमेदवार तोक्न सकेको छैन। यस्तै संसद्को सबैभन्दा ठूलो पार्टी  नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ तर कांग्रेसले पनि के गर्ने भन्ने अझै टुग्याएको छैन।

कमेन्ट लोड गर्नुस