सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपेन्द्रले मागे देउवासँग विश्वासको मत

२०७९ माघ ४, ११:३६ खबर संवाददाता

काठमाडौं: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसका सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन्। मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले बुधवार त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन। बुधवार बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ। जसपाले काँग्रेसको पनि साथ खोजेको छ। माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन। भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन।
 

कमेन्ट लोड गर्नुस