नेपाली काङ्ग्रेसका नेता बलायरले गरे कपडा बितरण
धनगढी: नेपाली काङ्ग्रेसका नेता तथा पार्टीका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले कपडा बितरण गरेका छन्।
बलायर काठमाडौंबाट धनगढी बिमानस्थलदेखि सोझै आफू निर्वाचित कैलाली क्षेत्र नम्बर ४ पुगेर ६० घर परिवारका अति बिपन्न, दलित, जनजाती जेष्ठ नागरिकलाई कपडा बितरण तथा हस्तान्तरण गरेका हुन्। गौरीगंगा नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको कपडा बितरण कार्यक्रममा मतदातालाई धन्यवाद समेत दिएका थिए।
साथै हप्ता १० दिन गठबन्धन दलका नेता कार्यकर्ता मतदाता संग भेटघाट कार्यक्रम गर्ने भएको छ। संगै क्षेत्रका समस्या र योजनाका बारेमा छलफल गरिने कार्यक्रम समेत तय गरिएको छ।