सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभाको बैठक सुरू, मुख्यमन्त्री रावल सम्बोधन गर्दै

२०७९ माघ २६, ०५:०८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरू भएको छ। मुख्यमन्त्री राजेन्द्रिसंह रावलले बैठकबाट विश्वासको मत लिने कार्यसूचि छ। अहिले मुख्तयमन्त्रीले प्रदेश सभालाई सम्बोधन गरिरहेका छन्। ४ बजे सुरू भएको बैठकमा नागरिक उन्मुक्ति पार्टी भने उपस्थित भएको छैन।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेकपा माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्तिको समर्थन रहेको थियो।

तर, टीकापुर घटनाको सम्बोधन नगरिएको भन्दै नागरिक उन्मुक्तिले विश्वासको मत दिन नसक्ने बताउँदै आएको छ। सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ।

संविधानको धारा १६८ (२) बमोजिम नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता रावलले उपधारा ४ बमोजिम बिहीबार साँझ ५ बजेभित्र विश्वासको मत पाइसक्नुपर्छ, अन्यथा उनी संविधानबमोजिम नै स्वतः पदमुक्त हुनेछन्।

कमेन्ट लोड गर्नुस