उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै
काठमाडौं: सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रवार विहान ९ बजे बस्दैछ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो। संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो।
आज बस्ने संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी गराउने विषयसहित सुदूरपश्चिम सरकार विघटनबारे समीक्षा हुने विश्वास प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले गरेका छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनाबारेमा पनि संयन्त्रमा छलफल हुने बताइएको छ।