सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाको विद्यार्थी र युवा संगठनको राष्ट्रिय भेला हुँदै

२०७९ माघ २७, ०७:३६ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय प्रजातान्त्र पार्टी निकटका दुई महत्वपूर्ण संगठन विद्यार्थी र युवा संगठनको राष्ट्रिय भेला काठमाडौंमा हुँदैे छ।

माघ २८ र २९ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको र फागुन १३ र १४ गते राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेलाको मिति तय गरिएको पार्टीका संयोजित संगठनका प्रमुख, महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।

गुरुङका अनुसार विद्यार्थी संगठनको भेलामा ३०० भन्दा बढी र युवा संगठनको भेलामा २४२ जना प्रतिनिधिको सहभागीता रहनेछ। भेलाले संगठनको विधान संशोधन गर्ने, महाधिवेशन आयोजक समिति गठन गर्ने र संगठनको आगामी कार्यदिशा तय गर्ने गुरुङले बताएका छन्। दुवै संगठनको राष्ट्रिय भेलाको उदघाटन राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस