सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आजै दुई मन्त्री बन्ने चर्चा

२०७९ माघ २७, ०३:२९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले शपथ लिँदै छन्।

आज साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने कार्यक्रम तय भएको छ। त्यसलगत्तै दुई मन्त्री नियुक्त गरिने समेत चर्चा छ। नेकपा (एकीकृत समाजवादी)बाट नरेश शाही मन्त्री बन्ने चर्चा चलेको हो। उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेको बताइएको छ। बाजुराबाट निर्वाचित शाहीलाई मुख्यमन्त्री कमल शाहले मन्त्रीमा नियुक्त गर्ने बुझिएको छ। 

कांग्रेसबाट पनि एकजना मन्त्री हुने चर्चा छ। कैलालीबाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा मन्त्रीमा नियुक्त हुने सम्भावना छ।

नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

कमेन्ट लोड गर्नुस