सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री 

२०७९ माघ २८, ११:४३ खबर संवाददाता

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन्। जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ।’

सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनुचित लेनदेन नियन्त्रण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि हदैसम्म लागिपरेको दोहो¥याए। प्रचण्डले भ्रष्टाचार नियन्त्रणसम्बन्धी नयाँ ऐन, संसदबाट पारित गराउन लागिएको पनि सो अवसरमा जानकारी गराए।

कमेन्ट लोड गर्नुस