सुदूर नेपाललाई विश्वसँग जोड्दै

विशिष्ट व्यक्तिको सुरक्षा प्रोटोकल बदलौँ, नयाँ राष्ट्रपतिसँगै अभ्यास गरौंः थापा

२०७९ माघ २८, ०१:५६ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनका नाममा सडक खाली गराएर नागरिकलाई दुःख दिने काम बन्द गर्नुपर्ने बताएका छन्।

सामाजिक संजालमा लेख्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले नागरिकलाई घण्टौंसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’को नाममा चलिरहेको उल्लेख गरेका छन्। यो शैलीप्रति हरेक पटक आक्रोश पोखिने र सेलाउने गरेको भन्दै थापाले दोहोरिन नदिन केही काम गर्नुपर्ने उल्लेख गरेका छन्। ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ।’

उनले लेखेका छन्, ‘राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पु¥याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।’ निर्वाचन हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गर्नुपर्ने र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गर्नुपर्ने उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस