सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टीको अध्यक्षमा बाँस्कोटा 

२०७९ माघ २९, ०६:३९ खबर संवाददाता

काठमाडौँः विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएका छन। उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भए।

सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन्।

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ। सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुईरदुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ।

बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ। केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ।

कमेन्ट लोड गर्नुस