सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामन्ती प्रेतलाई व्युँताउने प्रयास गरिँदैछ–एमाले महासचिव पोखरेल

२०७९ फाल्गुन २, ०३:४२ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजको राजनीति अवसरवादबाट आक्रान्त रहेको बताएका छन्।

काठमाडौंमा भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा एमाले महासचिव पोखरेलले आजको राजनीति अवसरवादबाट आक्रान्त रहेको र राजनीतिमा देखापरेको अवसरवादलाई परास्त गर्न जरुरी रहेको बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको राजावादी एजेण्डालाई सामन्ती प्रेतको संज्ञा दिए। उनले सामन्ती प्रेतलाई फेरि व्युँताउन खोजिएको आरोप लगाए।

‘मसानघाटमा पुगेको सामन्ती प्रेतलाई फेरि व्युँताउने प्रयास गरिँदैछ। त्यस्तो हुन नदिन र गणतन्त्रलाई संस्थागत गर्न पहरेदारका रूपमा प्रस्तुत हुन्छौं। हरेक प्रकारका अराजकतालाई अन्त्य गर्न हामी तयार हुन जरुरी छ,’ उनले भने। उनले यथास्थितिका पक्षमा रहेका नागरिक समाजविरुद्व अनेरास्ववियु वैचारिक र राजनीतिकरूपमा खडा हुन जरुरी रहेको बताए।

एमालेले सरकारको नेतृत्व गरेमा मेरो जीवन के होला भन्ने चिन्ता लिन नपर्ने उनको भनाइ थियो।
 

कमेन्ट लोड गर्नुस