सुदूर नेपाललाई विश्वसँग जोड्दै

सातै प्रदेशमा रास्वपाको संगठन विस्तार

२०७९ फाल्गुन १६, ०७:४८ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरेको छ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले पार्टीको संगठन विस्तारका क्रममा सातै प्रदेशमा प्रदेश समितिहरू गठन र विस्तार गरिएको बताए। ‘पार्टीले संगठन विस्तारको क्रममा सातै प्रदेशमा समितिहरू गठन गरिसकेको छ। अब हामी संगठन विस्तारलाई वडा तहसम्मै पु¥याउँदैछौँ,’ उपसभापति अर्यालले भने, ‘अब हामी स्थानीय तह र वडास्तरमा पार्टीका समितिहरू गठन गर्दैछौँ।’

रास्वपाले जिल्लास्तरमा संयोजक र उपसंयोजक हुने व्यवस्था गरेको छ भने निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति हुने सांगठनिक संरचना छ। रास्वपाका अनुसार प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनी प्रदेशको सभापतिमा देवराज पाठक, कर्णाली प्रदेश सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट चयन भएका छन्।
 

कमेन्ट लोड गर्नुस