सुदूर नेपाललाई विश्वसँग जोड्दै

पौडेललाई जिताउनका निम्त्ति गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिइने

२०७९ फाल्गुन १६, ०८:३८ खबर संवाददाता

कैलालीः यहि फाल्गुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई जिताउन १९ गते धनगढीमा प्रशिक्षण कार्यक्रम हुने भएको छ।

केन्द्रमा भएको ८ दलीय गठबन्धनको सहमति अनुसार कैलालीमा १९ गते प्रशिक्षण कार्यक्रम हुन लागेको हो। कैलालीमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन मुख्यमन्त्री कमल शाहले गर्ने तयभएको छ। मंगलबार मुख्यमन्त्री कार्यालयमा उपस्थित सत्ता गठबन्धनका सांसदहरूले राष्ट्रपतिमा पौडेललाई जिताउने बारे प्रशिक्षणको संयोजन गर्ने जिम्मेवारी शाहलाई दिएका हुन्।

बैठकमा गठबन्धनभित्रका कांग्रेस,माओवादी , नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरूको सहभागी थिए। राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट कांग्रेसका पौडेल र एमालेका सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन्। राष्ट्रपतिको निर्वाचन यहि फाल्गुन २५ गते हुदैछ। 

कमेन्ट लोड गर्नुस