राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ। पार्टी प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ। रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् । एक सांसदका अनुसार राष्ट्रपतिमा मत कुनै एक उमेदवारलाई हाल्नैपर्ने बाध्यकारी अवस्था नबनाउने पक्षमा रास्वपा छ। राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदै छ। निर्वाचनको मैदानमा आठ दलबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा(एमाले)बाट सुवासचन्द्र नेम्वाङ उमेदवार छन्।