सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी

२०७९ फाल्गुन २५, ०५:१६ खबर संवाददाता

काठमाडौँः राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका छन्।

उनी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन्। यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए। यस्तै पाँच मत भने बदर भएको छ।
 

कमेन्ट लोड गर्नुस